भोलि मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो ।

प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।

प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।

मधेश सरकारले नाम र स्थायी राजधानी पाएको खुसियालीमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरी सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्