जापानको कोबेमा निधन भएका नेपाली विद्यार्थीको जापानमै अन्त्येन्टि,संकलित रकम आफ्न्तलाई हस्तान्तरण



जापानको कान्साईमा यहि जनवरी १२ तारिक आफ्नै कोठामा मृत भेटिएका किरण खड्काको आज जापानमै अन्त्येष्टि सम्पन्न भएको छ ।

नेपाल घर बाग्लुगं नगरपालिका खहरेखोला घर भएका खड्का कोबे सहरमा बस्दै आएका थिए । विद्यार्थी भिषामा रहि कोबे कोकुसाई दाईगाग्कोमा अध्यन गर्दै आएका मृतकका बुबा आमा नेपालमै रहेका छन् ।

परिवारमा परेको त्यो पिडालाई थोरै भएपनि कम गर्ने उद्देश्यका साथ खड्काको शव व्यवस्थापन लगायत पिडामा रहेका परिवारजनको सहयोगका लागी एनआरएनए जापान ,क्षेत्रीय समिती कान्साईले संचालन गरेको आर्थिक सहयोग अभियानमा विभिन्न संघ -संस्था लगायत “Helping Hand Japa Team “(HHJT) कोबेको सहयोग तथा सक्रियतामा ५१०१५६ यन गरि संकलित कुल रकम जापानी यन “१२११५७८ “आज अन्त्यष्टि पश्चात संयुक्त रूपमा एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे ,एनआरएनए कान्साईका संयोजक दिलीप शर्मा तथा HHJT का श्री केपि ओलीले मृतकका आफन्त सुमित खत्री र प्रेम खत्रीलाई विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितीमा सहयोग रकम हसतान्त्रण गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्