तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसाे वर्षाकाे आँकलन




काठमाडाैं: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ ।

दिउँसो आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो पनि : अर्घाखाँचीको धनचाैरमा मेगाकाे शाखारहीत बैंकिङ सेवा

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहीत सेवा थालिएकाे मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए ।

मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी व्यक्त गरे ।

शाखारहीत बैंकिङ सेवाको मेयर रेशम थापाले उद्घाटन गरेका हुन् । थापाले धनचौरमा मेगाले शाखा रहित बैंकिङ सुविधा ल्याउदा नागरिकलाई बैंकिङ सेवा सहज हुने बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्