लाखौं नेपालीहरु रहेको देश अस्ट्रेलियामा पछिल्लो समय भएको यो दु:खदायी घटना




अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्टे«लियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यु साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन् ।

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु

भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण देखिएको छ । पछिल्लो समय कोभिबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । मुम्बईमा एकै दिन ३५ सुरक्षाकर्मीमा कोभिड देखिएको छ ।

कोभिडबाट विभिन्न राज्य प्रभावित छन् । महाराष्ट्र, केरला र नयाँ दिल्लीमा संक्रमण दर तीव्र फैलिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्