‘क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍याे’



बेइजिङ : बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले अनुमान गरेका छन् । १५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउन्ड र कार्यक्षेत्र सील गरिएको छ ।

बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीमा क्यानडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छिन् । ती पुरुष संक्रमणको कारण उनको ‘पोस्ट’ भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनले वाहिरबाट बारम्बार मेल प्राप्त गरेको उनले बताएका छन् ।

मेलमा सम्पर्कमा रहेका सबै कर्मचारीहरु अहिले क्वारेन्टिनमा छन् । अहिलेसम्म आठ जनाको परीक्षण नेगेटिभ आएको छ । चिनियाँ अधिकारीहरुले मेलमार्फत भाइरस निर्याता भएको दाबी गरे पनि केही अनुसन्धानकर्ताहरु भने यसबारे शंका व्यक्त गर्दै आएका छन् । भाइरस लामो समय सतहमा बाँच्न नसक्ने ती अधिकारीहरुले बताएका छन् ।

भाइरसको नयाँ–नयाँ भेरियन्ट कसरी उत्पत्ति भइरहेका छन् ?

सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण बनाउँदै जान्छ। यो निरन्तर चल्ने र प्राकृतिक पनि मानिन्छ। यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ। म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं। नयाँ भेरियन्ट अघिल्लो वा मूल भेरियन्टबाट कडा वा नरम जे पनि हुन सक्छ।

पछिल्लो भेरियन्ट ओमिक्रोनलाई डब्लूएचओले किन ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेको होला ?

भाइरसको फैलने क्षमतामा वृद्धि, घातकता, लक्षणमा फरकता, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु र त्यस्तै परीक्षण, उपचार र खोपको प्रभावकारितामा चुनौती जस्ता कुनै एक वा एकभन्दा बढी समस्याहरू देखिएपछि ‘भेरियन्ट अफ कन्सर्न’अन्तर्गत राखिन्छ। त्यस्तै, ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको र पीसीआर परीक्षणमा एसजीन देखाउन नसक्नाले यसलाई भेरियन्ट अफ कन्सर्नअन्तर्गत राखिएको हो।

यो भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक हो ?

अहिलेसम्म यस्तो पुष्टि भएको छैन। तर, ओमिक्रोन भेरियन्टको स्पाइक प्रोटिनमा डेल्टा भेरियन्टभन्दा दुई गुणा बढी म्युटेसन भएको इटालियन वैज्ञानिकहरूले पुष्टि गरेका छन्। तर, यसकै कारण डेल्टाभन्दा बढी संक्रामक हुन्छ भन्ने प्रमाणित भने भएको छैन।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्