आप्रवासी चढेको डुंगा डुब्दा ४३ को मृत्यु


banner

एजेन्सी : दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा डु’ब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ । दुर्घटनापछि डु’बेका मानिसहरुले सहयोगका लाग याचना गर्दै चि’च्चा’एका थिए ।

‘दुर्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्दारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ । फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मा’रि’एका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ । ४३ मध्ये दुई जनाको शव फेला परेको सो संगठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए ।

कजाकस्तान २२५ जनाको मृत्यु

कजाकस्तानमा एक साता लामो हिं ‘सा’मा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि वि’रुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आ’पतकालको समयमा मा’रि’एका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मा’रिए’का सर्वसाधरणको सेनाले सा’मू’हि’क अ’न्त्यष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।

मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिं’सा च’र्कि’दै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन द’बाउ’न रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।

प्रदर्शन हिं’सा’त्म’क बन्दै गएपछि सरकारले ह’ति’यार’ नबिसाउने प्रदर्शनकारीलाई गो ”ली हा’न्ने आ’देश दिएको थियो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्