दुबईबाट काठमाडौं आएकै दिन अ’पहर’ण !



काठमाडौ । भारतवाट मजदुरी गरेर आउने नेपालीहरु दिनहुँ सिमानामा लु टि ने गरेका समाचार त सुनेकै हुन्छौं । तर विदेशवाट आएका एक नेपाली पनि विमानस्थलवाटै हराए । उनी दुवइवाट काठमाडौ ओर्लिए पछि बल्खु स्थित एक होटलमा बस्न गएका थिए । तर सो होटलवाट अ’पह’रण’मा परेका हुन् । प्रहरीले घटनामा सं’लग्न भएको आशंका तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

सिरहा सखुवानाकारट्टी गाउँपालिका(५ बस्ने ३० वर्षीय रामेश्वर राम विमानस्थलमा ओर्लिए पछि हराएका थिए । उनी अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न भएको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।

काठमाडौंको तार्केश्वर नगरपालिका(८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका(५ घर भई काठमाडौं महानगरपालिका(१६ बसन्तनगरमा होटल सञ्चालन गर्ने ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गरेको हो।

राई र अर्याललाई प्रहरीले जरङ्खुबाट पुस ३० गते शुक्रबार र घिमिरेलाई पुस २ गते बसन्तनगरबाट पक्राउ गरेको हो ।

रामेश्वर गत असोज ८ गते बिहान दुबईबाट काठमाडौं आइपुगेका थिए । बल्खुस्थित होटल कञ्चनजंगामा बस्न गएका थिए। तर राती नै उनी अ’पहर’ण’मा परे । त्यहाँबाट रामेश्वरलाई काठमाडौं(२७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर ब न्ध क बनाएका थिए । उनलाई त्यहाँ या त ना पनि दिइएको थियो । ज्या’न मा र्ने धम्की दिएको र चु’रो’टको ठु टोले पो लेर या तना दिएको रामेश्वरले प्रहरीसंगको वयानमा बताएका छन् । उनीहरुले रामेश्वरवाट मोबाइललगायतका सामानहरू समेत लिएको आरोप छ।

तर रामेश्वर त्यहाँवाट भाग्न सफल भए । उनले प्रहरीलाई खबर गरे । उनले दिएको बयानका आधारमा ३ जना पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्