अघिल्लो महामारीलाइ उछिन्दै आज नेपालमा बन्यो संक्रमणको नयाँ रेकर्ड, यो भन्दा अगाडी यस्तो कहिल्यै थिएन




काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ । यो नेपालमा संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण ष्र्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ। आजको देशभरको तथ्यांक हेर्दा संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा पुष्टि भएको छ ।

यो संगै काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन्। संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय(ललितपुर,भक्तपुर र काठमाडौं)ले एकै प्रकारका आदेश जारी गरेका हुन्। मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ।

यस्तै स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सक्दैनौं । भीड नियन्त्रण होस् । स्वास्थय मन्त्रालय लडकडाउनको विरुद्धमा छ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्