यिनै हुन् दुबईबाट आएका ब्याक्तिलाई आफ्नो नियन्त्रणमा लिने यी ब्याक्तिहरु



काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अ’पह’र’ण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरे छन् ।

वैदेशिक रोजगारका लागि दुबई गएका रामेश्वर राम गत असोज ८ गते बिहान ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उत्रिई बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेको प्रहरीको भनाइ छ । उनी बसेको होटलमा अपरिचित व्यक्तिहरु आई उनलाई अ’पहर’ण गरी काठमाडौं महानगरपालिका–२७, ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर बन्धक बनाईएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले‘उनी बसेको होटलबाट लिएर गएर ज्याठास्थित होटल प्लेजर होममा लगेर ब’न्धक ब’नाएर कु’टपि’ट गरेर ज्या’न मा’ ‘र्ने ध’ ‘म्की दिँ’दै झोला र मोबाइल समेत लगेको भनी उजुरी परेको थियो’ मैनाली भन्छन्, ‘विभिन्न विधिबाट अनुसन्धान गर्दै जाँदा ब’न्ध’क बनाउने कार्यमा सं’लग्न’हरु पक्राउ परेका हुन् ।’ ब’न्ध’क बनाउनुको कारणबारे स्पष्ट भइनसकेको उनले बताए ।

उनीहरूले सिरहा सखुवानाकारट्टी गाउँपालिका-५ बस्ने ३० वर्षीय रामेश्वर रामलाई अ’पह’र’ण गरेका थिए। उनी गत असोज ८ गते बिहान दुबईबाट काठमाडौं महानगरपालिका-९ स्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। त्यही दिन साँझ ६ बजे रामेश्वर होटलबाट भा’गेर प्रहरीलाई खबर गरेका थिए। पछि उनले उनीहरूविरूद्ध जाहेरी दिएपछि अनुसन्धान गरी तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्