H#JG^*8XPo32Fd

पीसीआरको नयाँ शुल्क निर्धारण गर्दै सरकार, २० देखि २४ लाख खोपको तथ्याङ्क नै हरायो




काठमाडौ । कोभिडको संक्रमण तिब्र रुपमा बढिरहेको बेलामा सरकारले पीसीआर जाँचको नयाँ शुल्क निर्धाणको तयारी थालेको छ । पीसीआर परिक्षणको शुल्क महंगो भयो भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ शुल्क निर्धारण गर्न लागेको हो । अहिले निजी अस्पतालहरुमा पीसीआर परिक्षण शुल्क २ हजार निर्धारण गरिएको छ । केही अस्पतालमा त्यो भन्दा बढी पनि लिने गरेका छन् ।

ठूलो संख्यामा पीसीआर परिक्षण गर्ने बढेको र त्यो शुल्क महंगो भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ शुल्क निर्धाण गर्ने तयारी गरेको हो । मन्त्रालयका सचिव रोशन पोखरेलका बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुने बताएका छन् । अघिल्लो सरकारले पीसीआर परिक्षण शुल्क निर्धारण गरेको थियो । त्यसका लागि मन्त्रालयले समिति पनि बनाएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले यसवारे जानकारी गराएका हुन् । समितिले गरेको सिफारिसका आधारमा सरकारले नयाँ शुल्क निर्धारण गर्ने भएको हो । निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर निशुल्क गर्ने गरी तयारी थालिएको उनले बताएका छन् ।

सांसदहरुले ८०० रुपैयाँमै पीसीआर टेष्ट गर्न सकिने विषय आएको भन्दै दुई हजार किन ? भनी प्रश्न गरेका थिए । साथसाथै सांसदहरुले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमै पीसीआर टेष्टको शुल्क लिने गरिएको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताएका छन् । मंगलवास बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा सङक्रमणको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको जानकारी दिए । उनका अनुसार पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोज खोप लगाउँदै गर्दा कसैको इन्ट्रि छुटेको र केही लेखाजोखा नमिलेको समितिलाई जानकारी गराए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्