धनुष र ऐश्वर्या अलग हुँदै : रजनीकान्तकी छोरीसँग गरेका थिए विवाह



एजेन्सी : साउथ इन्डियन सुपरस्टार धनुषले आफ्नी श्रीमती ऐश्वर्यासँग अलग हुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक बयान जारी गर्दै धनुषले आफू र ऐश्वर्या अब अलग हुने बताएका हुन्।धनुषले १८ वर्षअघि सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए।

धनुषले ट्विटरमा लेखेका छन्, ‘साथी, दम्पती र आमाबुवा, एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्ष सँगै बिताएका छौं। यो यात्रामा हामीले एकअर्कालाई बुझ्ने, सम्झिने र एडजस्ट गर्ने प्रयास गर्‍यौं। आज हाम्रो बाटो फरक भएको छ। ऐश्वर्या र मैले बाटो अलग गर्ने निर्णय गरेका छौं। हामीलाई हामी अलगअलग बस्दा नै राम्रो हुन्छ भन्ने बुझ्न समय समय लाग्यो। हाम्रो निर्णयको सम्मान गर्नुहोस् र यो निर्णय गर्न हामीलाई गोपनीयता दिनुहोस्।’

ऐश्वर्या र धनुषको विवाह हुँदा धनुष २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन्। दुबैले तमिल रितीरिवाज अनुसार विवाह गरेका थिए। विवाहपछि दुबैको भव्य रिसेप्शन भएको थियो। उनीहरुका दुई छोरा छन्, यात्रा राजा र लिङ्ग राजा।

धनुष र ऐश्वर्याको ब्रेकअपको खबरले फ्यान निकै निराश भएका छन्। सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्