किन रिसाए खाँडसंग देउवा ? गृहमन्त्रीवाट उनलाई हटाउन यस्तो सम्म गर्दैछन्



काठमाडौ । जुनसुकै पार्टीमा पनि गुट भएका कारण राम्रा मानिसहरुल अवसर नपाउने गरेको गुनासो छ । त्यसैले नेताहरु पार्टी पनि चहार्दै गर्छन । नेपाली कांग्रेसमा पनि विभिन्न गुट छ । पछिल्लो समय नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री बालकृष्ण खाँणसंग सन्तुष्ट छैनन् । उनले खाँडलाई गृहमन्त्रीबाट हटाउने तयारी गरेको बुझिएको छ । पार्टी भित्र र गठबन्धनबीच समिकरण मिलाउनुपर्ने बाध्यता देउवालाई छ । त्यसैले उनले गृहमन्त्रीवाट खाँडलाई हटाउन खोजेको बुझिएको छ ।

गृहबाट हटाएर खाँणलाई रक्षामन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले बताएको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले महाधिवेशनमा महामन्त्रीको चुनाव हारेपछि नैतिकताको आधारमा रक्षामन्त्रालयबाट राजीनामा दिएपछि उक्त मन्त्रालय खाली छ । सुरुमा रक्षा मन्त्रालयको जिम्मेवारी प्रकाशमान सिंहलाई दिने तयारी गरिए पनि सिंहले गृहमन्त्रीमा जोड गरेपछि देउवा अप्ठेरोमा परेका हुन् ।

उनले अब खाँडलाई फकाएर पार्टीमा समिकरण मिलाउने प्रयास थालेका हुन् । रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिले खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद हेरफेर तथा पूर्णता दिनको लागि छलफल सुरु गरेपछि खाँणलाई हटाउन लागेको तथ्य बाहिर आएको हो । मंसिर अन्तिम साता भएको पार्टीको महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई नेता सिंहले दोस्रो चरणमा सहयोग गरेर निर्वाचित गराउन सहयोग गराएका थिए । त्यतिखेर भएको सहमति अनुसार सिंहलाई उपप्रधानमन्त्री सहित रक्षामन्त्री बनाउन देउवाले तयारी गरेपछि उनले भने गृह नै मागेको स्रोतले दाबी गरेको छ ।

गृहमन्त्री खाँडको केही कृयाकलापवाट प्रधानमन्त्री देउवा असन्तुष्ट रहेको पनि बताइएको छ । केहि समय अघि एआईजी हरि पाल लगायतले गृहमन्त्रीले आफूहरूलाई पूर्वाग्रही व्यावहार गरेको भन्दै देउवासँग ब्रिफिङ गरेपछि देउवा असन्तुष्ट भएका हुन् । कांग्रेसको महाधिवेशनमा आफूलाई पछि हट्न लगाएर आफूभन्दा कनिष्ठ नेताहरूलाई अगाडी बढाएको भन्दै खाँण पनि देउवासंग असन्तुष्ट छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्