विहिवारदेखि मौसम विग्रने, केही दिन यि ठाउँमा पर्दैछ हिँउदे झरी


banner

काठमाडौँ । केही दिन सुध्रिएको मौसम फेरी विहिवारवाट सक्रिय हुने भएको छ । बुधवार सम्म सफा भएको मौसम अचानक विहिवार फेरी वदली भई देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना छ। ‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने देखिन्छ र समग्रमा यो मध्यम खालको हुनेछ’, उनले भनिन्।

महाशाखाले मंगलबार प्रकाशन गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्मको मात्र भविष्यवाणी गरेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।

हामीकहाँ यो प्रणालीको प्रभाव आउदा कहिलकाहीं थोरै दक्षिणतिर अथवा उत्तरतिर सर्ने हुँदा पूर्वानुमान ठ्याक्कै नमिल्न सक्छ। तर मौसम पूर्वानुमानका अमेरिकी तथा युरोपेली दुवै मोडलले बिहीबारदेखि देशभर मौसम बदली हुने प्रष्ट देखाएका छन,’ उनले भने। उनी यो वर्षालाई ‘माघे झरी’ भन्न सकिने तर्क गर्छन्।

यो पनि, भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो ।बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयमार्फत विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो । महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताउनुभयो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्