नेपाल एयरलाइन्सका प्रमुखको कोठामा यात्रुले लगाइदिए ताला



काठमाडौ । हुम्लाका यात्रुहरुका लागि एक मात्र भरपर्दो यातायात भनेको हवाई सेवा हो । सडक सुविधा राम्रो नभएका कारण सडक यातायात भरपर्दो छैन । तर हवाई यातायात प्रयोग गर्ने यात्रुले पनि विभिन्न समस्या भोग्नुपरेको छ । नेपाल वायु सेवा निगमको नेपालगंजमा रहेको क्षेत्रीय कार्यालयमा हुम्लाका यात्रुहरूले ताला लगाएका छन् । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि यात्रु उडान भर्ने भनेर यात्रुलाई विमानस्थलको हलमा राखे पनि उडान भए ।

एक दिन भरी विमानस्थल हलमा विमान पर्खेर बसेका यात्रुहरुलाई अन्तमा फिर्ता पठाएपछि यात्रुहरु आन्दोलनमा उत्रिएका हुन् । रिसाएका यात्रुहरूले नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

‘नेपाल एयरलाइन्सले ‘हद’ गरेपछि नेपालगंजका प्रमुख किरणमान श्रेष्ठको कार्यकक्षमा ताला लगाउन बाध्य भएका हौँ’ हुम्लाका एक यात्रु गोर्खबहादुर शाहीले भने । बिहान १५ जना यात्रुहरूको बोडिङ पास दिएर सिमकोट उडान भर्ने तयारी गरे पनि पछि सो जहाजले तीन जना मात्रै यात्रु बोकेर मुगुको ताल्चाका लागि उडान भरेको थियो ।

त्यसपछि रुकुम हुँदै जहाज काठमाडौं फिर्ता हुँदा यात्रुहरु निरास भएका थिए । नेपालगन्जमा अनावश्यक बस्नुपर्दा यात्रुहरुलाई आर्थिक भार त परेको छ नै समय खेर गएको छ । अत्यावश्यक कामका लागि हुम्ला जानुपर्नेहरुको लागि थप समस्या भएको छ । नेपाल एयरलाइन्सले मनोमानी उडान भर्ने र यात्रुलाई दुःख दिन थालेको भन्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाउनु परेको शाहीले बताए ।

यो पनि, अतिरिक्त शुल्क असुल्दै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका पी डित विद्यार्थीहरु सरकारलाई दबाब दिन काठमाडौं आएका छन् । नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै पी डित विद्यार्थी काठमाडौं आएका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगमा धर्ना दिने जनाएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराइको नेतृत्वमा विद्यार्थीहरु काठमाडौं आएका हुन् । समिति संयोजक भट्टराईले नोबेलले विद्यार्थीलाई ठगी गरेको भन्दै गैरकानुनी शुल्क फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताए । यस्तै, काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले पनि विद्यार्थीबाट ६ लाख रुपैयाँ बढी अतिरिक्त शुल्क लिएको छ । सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न पटकपटक ताकेता गरेपनि नोबेल र काठमाडौं मेडिकल कलेजले अटेर गर्दै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्