४५०० वर्ष पुरानो बायोइन्जिनियर्ड हाइब्रिड जनावर भेटियो (४ तस्विर सहित)



बायोइन्जिनियरिङ नौला कुरा होइन । हाइब्रिड जनावर हज्जारौँ वर्ष अघि पनि हुन्थे । हालै पुरातत्वविदले एक प्राचिन बायोइन्जिनियर्ड जनावरको कंकाल भेटेको छ । यो करिब ४५०० वर्ष पुरानो हो ।

यसलाई प्राचिन समयमा कुंगास भनिन्थ्यो । यो घोडा थियो वा गधा, निश्चित हुन सकेको छैन तर यो सिरियामा पाइने जंगली गधाजस्तो थियो । वैज्ञानिक यो खोजबाट यति हैरान छन् कि उनीहरुले हज्जारौँ वर्ष अघि पनि विज्ञान यति अघि कसरी थियो भनेर बुझ्न सकेका छैनन् ।

एक नयाँ शोधका अनुसार मेसोपोटामियामा युद्धका लागि घरेलु गधालाई जंगली गधासँग हाइब्रिड गरिएको थियो । अर्थात्, ४५०० वर्ष अघि बायोइन्जिनियर्ड हाइब्रिड जनावर बनाइने गर्दथे । जबकी घोडाको हाइब्रिड प्रयोग यो कामका लागि ५०० वर्ष पछि गरिएको थियो । यो शोध पेरिसस्थित इन्स्टिच्युट ज्याक मोनोडमा गरिएको छ । यो शोध हालै साइन्स एडभान्सेस नामको जर्नलमा प्रकाशित भएको छ ।

वैज्ञानिकले यो कंकालको डीएनएनको शोधबाट यो कुंगास नै हो भन्ने तथ्य प्राप्त गरे । तर यी कुन दुई जनावरलाई मिसाएर बनाइएको थियो भनेर चाहिँ पत्ता लाग्न सकेको छैन । कुंगासले युद्धको समयमा उपयोगमा ल्याइने रथलाई तान्ने गर्दथ्यो । यसबाहेक यसले सर–सामानको ढुवानीको काम पनि गर्दथ्यो । किनभने यसको उचाई कम थियो र यो तीब्र गतिमा दौडन सक्थ्यो ।

इन्स्टिच्युट ज्याक मोनोडको जिनोमिमिस्ट इवा–मारिया गिगलले दिएको जानकारी अनुसार कंकालको शोधपश्चात् यो घोडाजस्तो जीव भएको पत्ता लाग्यो । तर यो गधाको शरीरको संरचनाको हिसाबले सेट हुँदैनथ्यो । न नै सिरियाको जंगली गधाजस्तो थियो यो । यो कुनै तरिकाले यी जीवभन्दा भिन्न थियो । तर यसमा कस्तो खालको अन्तर थियो भन्न पनि मुश्किल छ । गिगलले भनिन्, ‘हामी अहिले पनि यसबारे अनुसन्धान गरिरहेका छौँ, पुराना दस्तावेज र कलाकृतिबाट रिफरेन्स लिइरहेका छौँ ।’

इवा–मारिया गिगलका अनुसार कुंगास असाध्यै शक्तिशाली, तेज र नपुसंक जीव थियो । कुंगास घरेलु पोथी गधा र सिरियाको जंगली भाले गधा वा हेमियोन नामको जीवको हाइब्रिड भएको मान्यता राखिन्छ । प्राचिन दस्तावेजमा कुंगास असाध्यै महँगो जीव भएको बताइन्छ । यसको ठिमाहा विकसित गर्न पनि जटिल प्रक्रिया थियो । यो जीव नपुसंक हुने भएकोले यसको अर्को पीढि हुँदैनथ्यो । यसले नयाँ बच्चा जन्माउन नसक्ने भएकोले नयाँ कुंगासलाई बायोइन्जिनियर्ड तरिकाले हाइब्रिड गराइन्थ्यो ।

कुंगासबारे मेसोपोटामियाको थुप्रै प्राचिन दस्तावेज, पाण्डुलिपी, शिलालेख र कलाकृतिमा वर्णन गरिएको छ । यसले यु’द्धका बेला चार पाङ्ग्रा भएका रथ तान्ने गर्दथे । लण्डनस्थित बेलायती म्युजियममा राखिएको सुमरेयिन मोज्याकमा यसको प्राचिन चित्र बनाइएको छ । त्यसैले वैज्ञानिकलाई लाग्छ कि यो त्यतिबेलाको ठिमाहा गधा थियो जुन कसरी बनाइएको थियो, त्यसको अनुसन्धान चलिरहेको छ । तस्विर हरु तल हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्