कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा फेरी संक्रमित, परिवार नै आइसोलेसनमा




काठमाडौ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई फेरी कोभिड संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोभिड पुष्टि भएको जनाएका छन् । उनी यस अघि पनि संक्रमित भएका थिए । परिवार नै संक्रमित भएको ८ महिनापछि फेरि सपरिवार संक्रमित भएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएकोका आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन रहेको शर्माले बताए । उनले कोभिडलाई जितेर एक सातामा काममा फर्किने विश्व व्यक्त गरे । उनले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा मागेका छन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोभिड संक्रमण देखिएको छ।

यो पनि, दक्षिण अफ्रिकाको एक निजी चिडियाखानामा सिंहहरुमा पनि कोभिड संक्रमण पुष्टी भएको छ। सिंहहरु कोभिडको ‘डेल्टा’भेरियन्टबाट सङ्क्रमित भएका हुन्। संक्रमित सिंहमा श्वासप्रश्वासमा समस्या, नाक बग्ने र सुख्खा खोकी जस्ता लक्षण पनि देखिएका छन्।

युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिकहरुको टोलीले हालै गरेको एक अध्ययनमा सिंहमा संक्रमण भएको खुलासा गरेको हो। जर्नलमा भर्खरै प्रकाशित यस अध्ययनमा अन्वेषकहरूले मानिसहरूलाई आफ्नो घरपालुवा बिराला र कुकुरमा कोभिड संक्रमण हुने सम्भावना रहेकोले सचेत रहन आग्रह गरेका छन्।

उक्त टोलीको नेतृत्व विश्वविद्यालयको मेडिकल भाइरोलोजी विभागको अर्बो(एन्ड रेस्पिरेटरी भाइरस कार्यक्रम, जुनोटिकका प्रमुख प्रोफेसर मारिटजी भेन्टर र पशु चिकित्सा विज्ञान संकायमा वन्यजन्तु स्वास्थ्यका सहयोगी प्राध्यापक कटजा कोप्पेलले गरेका थिए। उनीहरूले सन् २०२१ को अन्त्यमा दक्षिण अफ्रिकामा कोभिड(१९ विश्वव्यापी महामारीको तेस्रो लहरमा चिडियाखानामा रहेका तीन बिरामी सिंहको अध्ययन गरेका थिए । चिडियाखानामा करिब एक वर्षअघि अन्य दुई जनावर पनि भाइरसबाट संक्रमित भएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्