उपत्यकाको जिल्ला प्रशासन कार्यालयमा यस्ता काम बन्द



काठमाडौ । कोभिड महामारी फैलिएको बेलामा कर्मचारीनै संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए ।

बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । शान्ति सुरक्षा र मु द्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुने छ ।

यो पनि, नेपाली कांग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुन विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो।तर केहीवेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना निकालेपछि अधिवेशन पुनस् अन्योलमा बनेको छ ।

मतदानको मिति र स्थान पटक(पटक निर्धारण भए पनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ ।अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा कुनै गम्भीर रहस्य लुकेको छ, नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने । जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा पार्टी कार्यालयमा हुने भनिएको मतदान १० बजेलाई बोलाइए पनि मतदान अधिकृत परियारले ९ बजे सूचना टाँसेर आफू बिरामी भएको उल्लेख गरेका थिए । उनी बिरामी भए पनि जिल्ला निर्वाचन अधिकृतले अर्को मतदान अधिकृत तोकेर मतदान गराउनै पर्ने प्रावधान छ । तर जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीसमेत सम्पर्कमा छैनन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्