किन भयो धनुष ऐश्वर्याको डिभोर्स ? छोराहरुको जिम्मा कसले लिन्छ ?



एजेन्सी । साउथ फिल्ममा भगवानका रुपमा मानिने रजनीकान्तकी छोरी ऐश्वर्याको डिभोर्सको समाचारले अहिले भारतीय मिडिया तातेको छ । उनका पति साउथ सुपरस्टार धनुष हुन् । उनीहरुले हालै सामुहिक रुपमा डिभोर्सको घोषणा गरेका छन् । धनुष र उनकी श्रीमती ऐश्वर्या १८ वर्षको वैवाहिक जीवनपछि अलग भएका छन् । दुबैले सोमबार सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना फ्यानलाई यसबारे जानकारी दिएका हुन् ।

यी दुबैले नोभेम्बर १८, २००४ मा विवाह गरेका थिए। अभिनेता तथा सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याको विवाहलाई लिएर फ्यानहरु निकै उत्साहित थिए । दुईबीचको त ना वको खबर कहिल्यै आएको छैन । यस्तो अवस्थामा उनीहरुको अचानक अलग हुने निर्णयले सबैलाई अचम्म बनाएको थियो । एक महिना अघि मात्र ऐश्वर्याले आफुलाई भाग्यमानी श्रीमती भन्दै धनुषको तस्बिर सामाजिक सञ्जालमा राखेकी थिइन् । उनीहरुबी कहिल्यै विवाद भएको कुरा पनि सार्वजनिक भएको थिएन् । तर अचानक डिभोर्सको खबरले सबै छक्क परेका छन् ।

यी कारणले दुरी बढ्न थाल्यो
भारतीय मिडियाका अनुसार अभिनेता धनुषलाई लगातार फिल्मको अफर आएको थियो । जसका कारण उनी छायाँकनमा व्यस्त हुने र प्रायः शहरबाहिर बस्ने गरेका छन् । धनुषले कामका कारण ऐश्वर्यालाई समय दिन सकेनन् । यिनै कुराका कारण दुईबीचको दूरी बढ्न थाल्यो । मिडियाका अनुसार धनुषले आफ्नो कामलाई प्राथमिकता दिन थालेपछि ऐश्वर्या उनीसँग रिसाउन थालेको दाबी पनि गरेको छ ।

छुट्टिनुअघि छलफल भयो
भारतीय मिडियाका अनुसार धेरै पटक धनुषले आफ्नो स म्ब न्ध लाई बेवास्ता गर्दै कामलाई प्राथमिकता दिएका थिए । जसका कारण दुबै बिचको दुरी बढ्दै गयो । ऐश्वर्या र उनीबीचको स म्ब न्ध राम्रो नभए पनि उनले फिल्म साइन गरे । तर, डिभोर्स गर्नुअघि दुवैले विभिन्न पक्षमा छलफल गरी अन्ततः छुट्टिने निर्णय गरेको पनि दाबी गरिएको छ ।

विवाहअघि र विवाहपछि पनि धनुषको नाम कुनै पनि अभिनेत्रीसँग जोडिएको थिएन । तर सन् २०११ मा श्रुति हासन र धनुषको एक्स्ट्रा वैवाहिक स म्ब न्ध को खबरले फ्यानहरूमा खैलाबैला मच्चायो । फिल्म ‘३’ को छायाँकनका ​​क्रममा उनीहरुको अफेयरको खबर आउन थाल्यो । अचम्मको कुरा, यो फिल्म धनुषकी पत्नी ऐश्वर्याले निर्देशन गरेकी हुन् ।

भनिन्छ, ऐश्वर्या श्रुतिकी बाल्यकालकी साथी हुन्, त्यसैले श्रुतिमाथि आफ्नै साथीलाई धो का दिएको आरोप लागेको छ । फिल्मको छायाँकनका ​​क्रममा धनुष र श्रुति हसनले सँगै समय बिताउन थालेको खबर आएको थियो । त्यसबेला धनुष र ऐश्वर्याको विवाह तो डे को खबर पनि निकै भाइरल भएको थियो । यद्यपि श्रुतिले एक अन्तर्वार्तामा यसलाई बकवास भनेकी थिइन् । यसै क्रममा धनुषकी श्रीमती ऐश्वर्याले पनि एक अन्तर्वार्तामा यी अफवाहमा कुनै सत्यता नभएको बताएकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्