बज्यो खतराको घन्टी : संक्रमणले नेपालमा तोड्यो रेकर्ड, एकै दिन यति धेरै संक्रमित, चार जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

यसैबीच उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्