काठमाडौ उपत्यकामा माक्स नलगाई निस्कनुभयो ? तिर्नुपर्ला ६ सय सम्म जरिवाना



काठमाडौ । के तपाई बाहिर निस्कदा माक्स नलगाई निस्कनु भयो ? कोभिड संक्रमण बढ्दै गएका कारण माक्स नलाइ बाहिर निस्कनेहरुले अब जरीवाना तिर्नुपर्ने भएको छ । कोभिडको हट स्पट बनेको काठमाडौ उपत्यकामा दिनहुँ नयाँ नियम लागू गरिदै छ । दैनिक रुपमा हजारौं नयाँ संक्रमित थपिदै जाँदा काठमाडौ उपत्यका कोभिडको हट स्पट बनेको छ ।

दैनिक रुपमा बढ्दै गइरहेको कोभिड भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भक्तपुरमा माक्स नलाउनेलाई जरिवाना तिराइने भएको छ । भक्तपुर जिल्ला प्रशासन कार्यलयले ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गर्दै माक्स लगाउन अभिप्रेरित गरेको छ । साथै महामारीमा माक्स नलाउनेलाई जरिवाना गर्ने नियम लागू भएको छ ।

प्रशासनले मास्क नलगाउनेलाई कारबाही गर्ने अन्तर्गत सार्वजनिक यातायतका साधनमा मास्क नलगाएको फेला पारे एक सय जरिवान गराउने नियम बनाएको छ । आज भक्तपुर र काभ्रे जिल्लाको सिमाना साँगा नाकाबाट यो अभियान शुरु गरेको हो ।

सार्वजनिक सवारी साधन बसमा मास्क र सेनिटाइजर अनिवारय राख्नु पर्ने नियम लागू भएको छ । सो नियम उल्लंघन भए जरिवाना तिराउने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । उनले मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने र बसमा मास्क नलगाउने मान्छे भेट्यो भने बस चालकलाई १०० देखि ६०० रुपैयाँ सम्मको जरिवाना गराउने जानकारी दिए ।

अभियानअन्तर्गत आजा दिउँसो साँगा, सुर्यविनायक चोक लगायत बिभिन्न स्थानमा चेक जाँच गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा आफै बसमा चढेर यात्रुहरुलाई मास्क लगाउन आग्रह गरेका थिए । चालकलाई सिट भन्दा बढी यात्रु नराख्न र राखिएको भेटेमा ठाउँकको ठाउँ जरिवानसहित कार्वाही गर्ने पनि प्रहरीको भनाई छ । आजको अभियानमा प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिस भक्तपुरका एसपी शिव कुमार श्रेष्ठ सहितको टोली उपस्थित थिायो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्