फेरी वुद्ध एयरमा यस्तो घटना भएपछि , एक यात्रु महिला विमान भित्रै वेहोस



काठमाडौ । बुद्ध एयरको जहाजमा फेरी एउटा घटना भएको छ । निर्धारित समयमा विमान अवतरण हुन नसक्दा एक जना यात्रु जहाजमै वे हो स भएका छन् । विहिवार काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं। ९एन ए जे एक्सको जहाज नेपालगञ्ज विमानस्थलमा निर्धारित समयमा अवतरण हुन सकेन । निर्धारित समय भन्दा झन्डै पौने घन्टापछि मात्र विमान अवतरण भएको थियो ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ५० मिनेट पछि अवतरण हुनुपर्ने थियो । तर जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बे हो स अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बे हो स अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । उनी डराएर वे हो स भएको हुनसक्ने अनुमान गरिएको भएपनि वास्तविक कारण भने खुल्न सकेको छैन ।

यो पनि, नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले तत्काल मुल्यबृद्धी फिर्ता गर्न माग गरेको हो ।

‘कोरोना भाइरस कोभिड–१९० को तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति नेपाल विद्यार्थी संघले घोर भत्र्सना गरेको छ ।’ नेविसंघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएबाट पुनःसबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने भन्दै आहतमा राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्