भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित, ५०० को मृत्यु



नयाँ दिल्ली : भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहँु बढेको छ ।

भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट करिव ५०० जनाको मृत्यु भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई ती’व्र पारेको छ ।

पाकिस्तानी विदेशमन्त्रीले व्यंग्य गर्दै भने, चीनका राष्ट्रपति घरबाहिर निस्कन चाहन्नन्

पाकिस्तानका विदेशमन्त्री साह महमुद कुरेशीले चीनका राष्ट्रपति सी जिनपिङको आलोचना गरेको एउटा भिडियो सार्वजनिक भएको छ । चीनको यात्रा प्रतिबन्धको विषयमा पाकिस्तानी विद्यार्थीसँगको भेटमा विदेशमनत्री कुरेशीले राष्ट्रपति सीको आलोचना गरेका हुन् ।

मलेसियाबाट आएकालाई चीनमा फर्कन अनुमति दिइए पनि पाकिस्तानीलाई किन नदिइएको भन्ने एक पाकिस्तानी विद्यार्थीको प्रश्नमा विदेशमन्त्री कुरेशीले भने, ‘किनकी राष्ट्रपति सी जिनपिङ कतै पनि जान चाहन्न् ।’ कोभिडका कारण राष्ट्रपति सी पछिल्लो २४ महिनायता कुनै पनि छिमेकी मुलुकको भ्रमण गरेका छैनन् ।

त्यस्तै, पाकिस्तानी विद्यार्थीहरुलाई पनि सन् २०२० देखि चीन प्रवेशमा प्रतिबन्ध लगाइएको छ । करिव २८ हजार पाकिस्तानी विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्