जब यि डाक्टरले नै काठमाडौमा कतै पनि खोप लगाउन पाएनन्, पोखे यस्तो गुनासो



काठमाडौं । सरकारले कोभिडको संक्रमण बढ्दै गएपछि विभिन्न नियम लागू गरेको छ । सार्वजनिक स्थलमा प्रवेश गर्ने देखि विमानमा यात्रा गर्न पनि खोप कार्ड अनिवार्य गराएको छ । तर खोप कति सहज छ भन्ने कुराको उदाहरण काठमाडौका एक डाक्टरले बताएका छन् । एक जना डाक्टरले नै खोप लगाउन काठमाडौका विभिन्न खोप केन्द्र र अस्पताल धाउँदा पनि लगाउन नपाएको गुनासो गरेका छन् ।

सरकारले खोपको ब्यवस्था र खोप लगाउने ठाउँको ब्यवस्थापन नगरी सर्वसाधारणलाई कडा नियम लागू गरेको भदै यि डाक्टरले गुनासो गरेका छन् । डाक्टरले आफूले अस्पताल चाहर्दाचाहर्दै खोप नपाएको गुनासो गरेका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले आफूले बुधबार कोरोनाविरुद्धको खोप लगाउनका लागि विभिन्न अस्पताल चहारेको भए पनि खोप नपाएको गुनासो गरेका हुन्।

ुउनले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टटास लेख्दै आफुले भोगेको दुख बताएका छन् । उनले भनेका छन्, सरकारको फ्रन्ट लाइनरलाई उपलब्ध गराउने भनिएको बुस्टर खोप लगाउन ११ बजे टेकु अस्पताल पुगें। २ बजेपछि मात्र दिने भनियो।अनि वयोधा अस्पताल र त्यहाँ नपाएपछि शहीद स्मृति अस्पताल, त्यहाँ पनि नपाएपछि फेरि २ बजेपछि टेकु नै गएँ। तर पनि कतै खोप पाइएन,ु उनले भनेका छन्। उनले विभिन्न अस्पताल चहार्दा पनि खोप नपाउँदा दुःख लागेको बताएका छन्।

ुहाल जागिर नभएको, फुर्सदिलो, अनि आफ्नै वाहन भएको म त आज वा भोलि पनि धाइरहुँला। तर, लाखौं स्वास्थ्यकर्मीमध्ये कति जनालाई त्यस्तो सुविधा प्राप्त होला,ु उनले भने। उनले सरोकारवाला निकाय यसप्रति गम्भीर नबन्दा जनताले दुःख पाइरहेको बताएका छन्।

खोपको व्यवस्थापन गर्न नसक्ने स्वास्थ्य मन्त्रालयका जिम्मेवार पदाधिकारीले पदमा बसिरहनुको कुनै अर्थ नभएको उनको आ क्रो श छ। ुअरू देशमा भए यस्तो गैरजिम्मेवारी पन हुँदा कारबाही हुन्थ्यो। यहाँ मनलाग्दी छ। यस्तो महामारीमा खेलबाड गर्ने अधिकार कसैलाई छैन। सरकारसँग १९ लाख डोज खोपको अभिलेख नै छैन। यो कम ल ज्जा को विषय हो,ु उनले भने।

उनले स्वास्थ्यकर्मीलाई दो ष दिएर मात्र केही नहुने बताउँदै राजनीतिक दलदेखि स्वास्थ्य मन्त्रालय नै यसको प्रमुख भागेदार भएको आरोप लगाएका छन्। उनले आफू केही समय पहिले ह्याम्समा कार्यरत रहे पनि एक महिना यता जागिर छोडेर खाली रहेको बताएका छन्। उनले आज पनि आफू बुस्टर डोजको खोजीमा जाने बताएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्