अलराउण्डर खेलाडी सोमपाल राष्ट्रिय टिममा परेनन्, पुवुदुले घोषणा गरेका नाममा को को छन् ?



काठमाडौ । अलराउण्डर सोमपाल कामी यो पटक नेपाल राष्टिय क्रिकेट टोलीमा परेनन् । उनलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।

बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उत्कृष्ट देखिएन । त्यसैले पनि उनी टिममा नपरेको हुन सक्छन् । यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

१६ खेलाडी नामः
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश ब म

नेपालले आउँदो अन्तर्राष्ट्रिय प्रतियोगिता टी २० स्वरुपमा खेल्ने भएकाले पीएम कपलाई खेलाडी छनोटको एक हिस्सा बनाएर आयोजना गरिएको थियो। त्यसका लागि क्यानले राखेपबाट टी २० को रुपमा आयोजना गर्न स्वीकृति लिएको थियो।

त्यसैले यो वर्ष टी २० क्रिकेट शैलीमा पहिलो पटक पीएम कप सम्पन्न भयो। यो प्रतियोगितामा सम्झनलायक धेरै कुरा रहे। युवा खेलाडीको प्रदर्शनदेखि सबैभन्दा ठूलो लक्ष्य पनि पीएम कपमा बन्यो। खेलाडीले बलिङ र ब्याटिङमै जमेर प्रदर्शन गरे।

नयाँ खेलाडीलाई लिएर आफू उत्साहित भएको नेपाली टिमका मुख्य प्रशिक्षक पुवुदु दाशानायकेले बताएका छन्। ‘धेरै युवा ट्यालेन्ट देखिएकाले म धेरै उत्साहि भएको छु। यसअघि देखेको भन्दा धेरै नयाँ खेलाडी देखेको छु। युवाहरु निकै नै प्रतिभावान देखिएका छन्,’ प्रतियोगिता सकिएपछि दाशानायकेले भने, ‘केही खेलाडीलाई धेरै समय चाहिन्छ भने कति खेलाडी त राष्ट्रिय टिमसँग पुग्न तयार भइसकेका रहेछन्।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्