सानो छोरालाई लिएर हिँडेकी धनकुमारी बेपत्ता



काठमाडौ । बागलुङमा गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका ७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन्। पैतीस वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिए।

सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ। राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिएका छन्।

टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताए। पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उनको भनाइ छ।

‘म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्’, राजेन्द्रले भने, ‘कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन्, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन।’ आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उनको भनाइ छ। परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन्।

यो पनि, पत्रकार एलबी विश्वकर्माको निधन भएको छ। टिभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्माको बिहीबार बिहान निधन भएको हो।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो। मृत्युको कारणबारे एकिन जानकारी आइसकेको छैन।

अछाम रामारोशन निवासी विश्वकर्माले काठमाडौंमा रहँदा जनता टेलिभिजन, इमेज टेलिभिजन, टिभी टुडेलगायत सञ्चारमाध्यममा काम गरेका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्