काठमाडौमा २५ वर्ष देखि करोडौ लगानीमा ब्यवसाय गरेका अग्रवाल परिवार अचानक बेपत्ता, घरमा छोडेका छन् यस्तो पत्र



काठमाडौं । करोडौंको लगानीमा झण्डै २५ वर्ष देखि काठमाडौमा ब्यवसाय गर्दै आएका एक परिवार अचानक वेपत्ता भएपछि प्रहरी खोजीमा लागेको छ । काठमाडौवाट अग्रवाल परिवार वेपत्ता भएको हो । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवारको खोजीमा लागेको प्रहरीले एउटा क्लु फेला पारेको छ । उनीहरुको अन्तिम लोकेशन भारतीय सिमा नजिकैको रहेको क्लु फेला परेको हो ।

तर उनीहरु आफ्नै गाडी चढेर गएको भने नसक्ने अनुमान पनि छ । सम्पर्क विहिन भएको परिवारले घरमा एउटा पत्र छोडेर गएका थिए । त्यसैको आधारमा प्रहरीले खोजी थालेको हो । प्रहरीले नेपालमा रहेका अग्रवाल परिवारका आफन्तसँग सोधखोज गरिसकेको छ । केही आफन्त नेपालबाहिर भारतमा रहेकाले प्रहरीले भारतीय प्रहरीसंग पनि समन्वय गर्नुपर्ने देखिएको छ ।

तर परिवारको लोकेसेन अन्तिमपटक मधेस प्रदेशको नेपाल–भारत सीमानजिक भेटिएको छ । तर यो लोकेशन मेल नखान पनि सक्ने प्रहरीको निष्कर्ष छ । प्रहरीले उनीहरुले काठमाडौं छाडेको र कतै गोप्य रुपमा बसेको हुनसक्ने निष्कर्ष निकालेको छ ।

प्रहरीले अग्रवाल परिवारले प्रयोग गर्दै आएको गाडीको खोजी पनि गरिरहेको छ । तर उनीहरु आफ्नै गाडीबाट नभएर अर्कै सवारी–सधानको प्रयोग गरेर गएको हुन सक्ने प्रहरी आशंका छ । यस्तोमा उनीहरुले गाडी कतै लुकाएको हुन सक्ने प्रहरी बुझाई छ ।

महँगो विदेशी कम्पनीका म दि राको व्यवसाय उनीहरुले २५ वर्ष देखि गर्दै आएका थिए । काठमाडौका ठूला ब्यवसायीमा गनिने अभिषेक र अमित अग्रवालको परिवार सम्पर्कविहीन भएको हो । तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लागेको उनीहरुले लेखेको पत्रमा उल्लेख छ ।

सम्पर्कविहीन हुनेमा ओम अग्रवाल, उषा अग्रवाल, अमित, रुचिका, अभिषेक अग्रवाल छन् । यस्तै, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल छन् । घर छाड्नुअघि अग्रवाल परिवारले घरभित्र एक पत्र छाडेर गएको थियो । पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोरा अभिषेक र अमितले हस्ताक्षर गरेका छन् ।

पत्रमा बैंकको ब्याज तिर्न र अरू व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएकाले आफुहरु सम्पर्क विहिन भएको पत्रमा लेखेका छन् । सोही पत्रमा मिटर ब्याजीका कारण आफुहरु समस्यामा परेको लेखेका छन् । सबै सम्पत्ती मिटर ब्याजका कारण सकिएको र आफुहरुसंग कुनै विकल्प नभएको पत्रमा उल्लेख गरिएको छ । तर पुस मसान्तमा बैंकहरुले ब्याजका लागि ताकेता धेरै गर्ने भएकाले उनीहरु केही समयका लागि सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको थियो । उनीहरुले तिर्नुपर्ने मात्र नभएर लिनुपर्ने रकम पनि देखिएको बताइएको छ ।

अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्