विवादमा घेरिएपछि ज्याक्लिनले गुमाइन् यति महंगा प्रोजेक्ट, सलमान खानको ‘द ब्याग’ टुर मा पनि जान पाइनन्



मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज विवादमा परेकी छन् । उनी एक जना ठ ग ब्यवसायीसंग नाम जोडिएको छ । जसले उनलाई लाखौंका उपहार दिएका थिए । विवादमा परेकी ज्याकलिन लाई ‘द गोस्ट’ बाट हटाइएको छ । पैसा हिनामिनाको मु द्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएका कारण उनले महंगा प्रोजेक्ट गुमाउन थालेकी छन् । उनलाई देश छोडेर अन्यत्र जान नपाउने भएका कारण पनि समस्या भएको छ । चन्द्रशेखरसंग नाम जोडिएका कारण उनी ईडीको निगरानीमा छन् । यसकै कारण सलमान खानको ‘द ब्याग’ टुर मा जान पाइनन् ।

यसैबीच भारतीय मिडियाका अनुसार ज्याक्लिनको नाम नागार्जुनको ‘द गोस्ट’ बाट पनि निकालिएको छ । यसअघिको समाचारलाई आधार मान्ने हो भने ज्याक्लिन सो चलचित्रको लिड रोलमा थिइन् । तर, अब उनको ठाँउ ‘जन्नत’ फेम्ड अभिनेत्री सोनल चौहानले ओगटेको बताइएको छ । चलचित्र टिमले ज्याकलिनको भूमिकामा सोनललाई अफर गरेका छन् । चलचित्रमा नागार्जुनको अपोजिट अभिनेत्री सोनल चौहान हुनेछिन् ।

भारतीय मिडियाकाअनुसार ईडीले ज्याक्लिनलाई देश छोडेर नजाने निर्देशन दिएसँगै उनले चलचित्रको अफर गुमाइरहेकी छन् । तर, ज्याक्लिनको पारिश्रमिकमा कुरा नमिले पछि उनी स्वयम्ले यो प्रोजेक्टबाट पछि हट्ने निर्णय लिएको पनि बताइएको छ ।

यस रोलमा पहिलो अफर काजल अग्रवाललाई गरिएको थियो । यद्यपि गर्भावस्थाका कारण उनी यो प्रोजेक्ट बाट बाहिरिएकी हुन् । त्यसपछि टिमले ज्याक्लिनलाई अफर गरेको थियो । उनका बारेमा आएका समाचारलाई लिएर ज्याकलिनले एक विज्ञप्ती जारी गर्दै आफ्नो ब्यक्तिगत गोपनियताको ख्याल राखिदिन मिडियाकर्मीलाई आग्रह गरिन् । उनी अहिले मनी लान्ड्रिङ मु द्दाका आरोपी सुकेश चन्द्रशेखरसँगको नजिकपनका कारण चर्चामा छन् । उनलाई चन्द्रशेखरले ठूलो धनराशिको उपहार दिएको खुलेको छ ।

चन्द्रशेखरले ज्याकलिनलाई प्रेमिका भनेका छन् तर उनले सामान्य चिनजान मात्र भएको बताएकी छन् । तर केही दिन अघि उनीहरुको अंतरंग तस्बिर सार्वजनिक भएपछि भने ज्याकलिनले आफ्नो गोपनियताको ख्याल राखिदिन आग्रह गर्दै विज्ञप्ती जारी गरेकी थिइन् । समाचार अनुसार ज्याकलिन र सुकेश एकअर्काको नजिक छन् । सुकेशले ज्याकलिनलाई धेरै महँगो उपहार पनि दिएका छन् । ज्याकलिनको फिल्मी करियरलाई हेर्दा उनले सोलो हिटको नाममा केही फिल्म मात्र गरेकी छिन् तर उनको अफेयरको चर्चाले सधैं चर्चा पाइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्