काठमाडौंमा हिउँ पर्यो



काठमाडौं :

पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ ।

चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

यो पनि : बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बे’होस

काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बे’होस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म हो’स आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्