बुद्ध एयरको विमानमा बेहोस भएकी महिलाको होस् खुल्यो



नेपालगञ्ज :

काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको थियो ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बे’होस अवस्थामा भएकी थिइन् ।

नेपालगन्ज विमानस्थलको आकाशमा जहाज ट होल्ड हुँदा बे’होस भएकी महिला केहीबेर अघि डिस्चार्ज भएकी छन् । भारतको दिल्लीबाट काठमाडौं आएकी ४७ वर्षीया जानुका थापा सो विमानबाट आफन्तलाई भेट्न सुर्खेत जाँदै थिइन्।

बुद्ध एयरका अनुसार अस्पताल लगेको एक घण्टाभित्रै होस आएपछि आफन्तको जिम्मा लगाएको बताएको छ । बुद्ध एयरका एक कर्मचारीका अनुसार,’ जहाज अवतरण हुनेवित्तिकै अस्पताल लगिएको थियो। होस आएपछि आफन्तको जिम्मा लगाइएको हो।’

अस्पतालवाट रिस्चार्ज भएर सुर्खेत जान लागेकी जानुकाले भनिन्, मलाई विमानमा एक्कासी एकदमै गर्मी भयो । मैले ज्याकेट र मफरल निकाले । त्यतीकैमा मेरो त दुईवटै हात पनि बाउडिन लागे। हात नै चलेन । त्यसपछि मैले एयर होस्टेजहरुलाई बोलाए । विमानमा भएका डाक्टर पनि आएर मेरो हात मुसार्नु भयो। मैले निकै अप्ठ्यारो भयो, मलाई छिटो बाहिर निकाल्नु भने कराएँ । उहाँहरुले केही हुँदैन । केही हुँदैन । ल्याण्ड हुन लागिसक्यो । तपाई नडराउनु भने । मलाई त्यही बेला उल्टी भयो । लगत्तै जहाज ल्याण्ड भयो भनियो । त्यसपछि मलाई केही पनि थाहै छैन ।

उनले आफु यस अघि पनि धेरै पटक हजाई उडान गरेको र अहिले सम्म यस्तो कहिल्यै नभएको बताएकी छन् । आफुलाई कुनै रोग पनि नभएको ति महिलाको भनाई छ । तर अहिले अस्पतालमा भने सुगरको मात्रा केही बढेको भनेर आफुलाई बताएको पनि उनले सुनाइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्