छोरा लिएर अमेरिका पुगेकी हिमानीले त्यहाँ के गर्दैछिन् ?




काठमाडौ । कोभिड महामारीकाबीच अमेरिका पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकामा हिमानी ट्रस्टको शाखा खोलेकी छन् । हिमानीको अगुवाइमा सामाजिक सेवाका लागि स्थापना भएको हिमानी ट्रस्टले नेपालमा पनि विभिन्न सामाजिक काम गर्दै आएको छ । हालै हिमानीले अमेरिकामा पनि आफ्नो शाखा विस्तार गरेकी हुन् ।

छोरा हृदयेन्द्रलाई उच्च अध्ययनका लागि बोस्टन पुर्‍याएपछि पूर्वयुवराज्ञी शाहले भर्जिनियामा आयोजित कार्यक्रममा हिमानी ट्रस्टको अमेरिका शाखाको बुधबार सुरुवात गरेकी हुन्।

पूर्वराजा ज्ञानेन्द्र शाहसमेत कहिलेकाहिँ नेपालमा हिमानी ट्रस्टका कार्यक्रममा सहभागी हुने गरेका छन्। हिमानी ट्रस्टलाई अमेरिकामा स्थानीय कानुनअनुसार दर्ता गर्ने तयारी छ।

हिमानीसमेत उपस्थित भई गरिएको उद्घाटन कार्यक्रममा ट्रस्टले विगतका गरेका कामबारे छलफल भएको थियो। अमेरिकाका ६ राज्यमा शाखा विस्तार भएको हिमानी ट्रस्टको नेपाल र अमेरिकाबाहेक अन्य देशमा पनि शाखा विस्तार गर्ने तयारी छ। हिमानी थप दुई सातासम्म अमेरिकामै बसेर नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको ट्रस्टका अधिकारीहरुले जानकारी दिएका छन्।

यो पनि, अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशक पदमा आँचल कुँवर नियुक्त भएकी छिन् । उनी दराजको नेतृत्व गर्ने पहिलो महिला प्रबन्ध निर्देशक हुन्। दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए ।

उनीसँग करीब साढे पाँच वर्ष अमेजनमा काम गरेको अनुभव छ । नेपालमा जन्मिएर सेन्ट जेभि आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष यूएसको कर्पोरेट क्षेत्रमा काम गरेकी छिन् ।

उनले नेपाली जनताका लागि विश्वस्तरीय अनलाइन सपिङ अनुभव सृजना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरले सम्मानित महसुस गरेको बताएकी छिन् ।

‘नेपाली ई( कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी, म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान(स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुस गर्छु,’ उनले भनेकी छिन् । दराजको वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि उनले पदभार ग्रहण गर्नेछिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्