सिके राउतलाई कसले दियो ज्या’न लिने ध’म्कि ? (भिडिओ)



भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव ध’म्कीपू’र्ण भाषणका कारण वि’वादमा परेकी छन्। बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतविरू’द्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर का’ण्ड दोहोरिन सक्ने ध’म्की दिएकी थिइन्।

जनता समाजवादी पार्टीकी सांसदसमेत रहेकी यादव बलिदानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्न बुधबार गौर पुगेकी थिइन्। पछिल्लो समय राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनका नाममा मधेसका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ। बन्द, हड्तालसहित केही समयअघि प्रदर्शन गरेको जनमत पार्टीले केन्द्रीय मन्त्रीहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने, कालो झन्डा देखाउनेलगायत कार्यक्रम उसले सार्वजनिक गरेको छ। मन्त्री यादवलाई पनि बुधबार गौर अवरोध गर्ने राउतका कार्यकर्ताको तयारी थियो।

सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिं’सा भ’ड्का’उने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएकी छन् । तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सा’मू’हि’क ह’ ‘त्या भएको थियो । यो घटनालाई ‘गौर ह’त्या’का’ण्ड’ भनेर चिनिन्छ ।

वि.स‌ं. २०६३ मा जारी भएको अन्तरिम संविधान ज’लाए’र मधेश आन्दोलन थालेको उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम आन्दोलनमा रहेकै बेला उक्त घटना भएको थियो । यादवकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई निर्मम ह’ ‘त्या गरेको त’त्कालीन माओवादीले दाबी गरेको थियो ।

अहिले फोरम र माओवादी दुवै सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक हुन् । गत वर्ष ‘गौर ह’त्या’का’ण्ड’ का पीडित परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपेन्द्र यादवको निर्देशनमा घटना भएकाले उनीमाथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । भौतिक पूर्वाधारमन्त्री रेणु यादव बुधवार कार्यक्रममा जानुअघि सीके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्