जन्ती गएका चौधरी मृ त फेला परे, ‘विवाह भैरहेको घर देखि पल्लो घरको गोठमा सुतेका थिए



काठमाडौ । आफन्तको विवाहमा गएका एक युवकको रहस्यम निधन भएको छ । जन्ती गएका युवक विवाह भएको घर देखि पल्लो घरको गोठमा सुतेका थिए । तर विहान उनी मृ त फेला परेका हुन् । शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका अन्दाजी २८ वर्षीय विरेन्द्र बहादुर चौधरी मृ त फेला परेका हुन् । उनी विवाहमा सहभागी हुन कञ्चनपुर गएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर व मका अनुसार गाउँ नजिकैको विवाहमा राति सहभागी भएका चौधरी बिहान बे हो स अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो।

‘मृत्युको कारणबारे अनुसन्धानको कार्य भइरहेको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको भन्ने बारे बुझ्दैछौँ।’ गोठमा सुतेका चौधरी नउठेपछि बिहान उठाउन जाँदा बे हो स अवस्थामा भेटिएको वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बताए।

‘विवाह भैरहेको घरको अर्को घरको गोठमा सुतेका चौधरी बिहान नउठेपछि स्थानीयले उठाउन खोजे तर उठेनन्,’ वडाध्यक्ष चौधरीले भने,‘नउठेपछि प्रहरीलाई खवर गरी अस्पताल पुर्‍यायौँ। त्यसअघि नै मृत्यु भैसकेको रहेछ।’ स्थानीय बासिन्दाका अनुसार चौधरीले विवाहमा राती म दि रा से वन गरेका थिए।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्