त्रिभुवन विश्वविद्यालय सहित चलेका परिक्षा सबै स्थगित, हेर्नुस् सूचना



काठमाडौ । अन्तिम अवस्थामा आएर त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ । कोभिड संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।

त्रिविको सूचनामा भनिएको छ, ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओमक्रोम भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण

त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’ यसैबीच काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्