यिनै हुन् काम खोज्न काठमाडौं आएकी एक युवतीमाथि नयाँ बसपार्कमा ….


banner

काठमाडौं । काठमाडौं को नयाँ बसपार्कमा एक युवतीमाथि सा’मू’हि’क कर णी गरेका छन् । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सा’मू’हि’क कर णी भएको खुलासा भएको हो ।

सुर्खेतबाट काठमाडौं बसपार्क आईपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथि हिक्मत नेपाली समेत बोलाएर कर णी गरेको प्रहरीले जनाएको छ । सो रात दुई जनाले कर णी गरेको र भोलिपल्ट अन्य ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई कर णी गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

लामो समयदेखि पति भारतमा बे’पत्ता भएपछि काम खोज्न काठमाडौं आएकी दुई सन्तानकी आमा काठमाडौं प्रवेश गर्नासाथ कर’णीको शि’का’र भएकी हुन् । कर णीको पी’डा खप्न नसकेर युवती आफैं गु’हार माग्न प्रहरीकहाँ पुगेपछि प्रहरीलेउनीहरुलाई खोजी गरी पक्राउ गरेको थियो । घटना केहि समय अगाडिको हो । घटनामा संलग्न ९ सहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

प्रहरीले गत पुस १४ र १५ गते पक्राउ गरेका ९ जनासहित तीन होटल सञ्चालकमाथि पनि मुद्दा चलाउने निर्णय लिएको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार तीनजना होटल सञ्चालक सहित १२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

घटनामा मुछिएकामध्ये मुगुको छायानाथ रारा नगरपालिका-१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल र २५ वर्षीय हस्त नेपाली रहेका छन्।

त्यस्तै यो प्रकरणमा मुगुकै छायानाथ रारा नगरपालिका-६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपाल कुमार शिरीष पनि पक्राउ परिसकेका छन्।

सुर्खेतकी महिलामाथि सा’मू’हि’क कर णीको घटनामा सं’ल’ग्न सबै युवाहरु वैदेशिक रोजगारीमा जान काठमाडौं आएका थिए।

उनीहरुले पुस १२ मा सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी ३४ वर्षीया महिलालाई होटलमा राखेर सा’मू’हि’क कर णी गरेका थिए। ती महिलालाई बसपार्कका तीनवटा होटलमा लगेर कर णी गरिएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्