देउवा र प्रचण्डबीच के पाक्दैछ खिचडी ? संयन्त्रको बैठक स्थगित गरेर दुई नेता जुटे



काठमाडौ । विहिवार बस्ने भनिएको सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित भयो । तयारी नपुगेको भन्दै संयन्त्रको बैठक स्थगित भएको हो । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनको समय सिमा दिइसकेको छ । राजनीतिक दलहरुबीच अब सबै निकायको निर्वाचन एकै पटक गर्ने वा स्थानिय तहको मात्र गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।

यसै विषयमा छलफल गर्न संयन्त्रको वैठक बोलाइएको थियो । तर संयन्त्रको वैठक स्थगित गरेका सत्तारुढ गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन्। बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादु देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डबीच अहिले साँझ छलफल हुँदैछ।

आजै अपरान्ह ४ बजे बस्ने भनिएको बैठक स्थगित गरेर दुई नेता छलफलमा जुट्ने भएका हुन् । उनीहरुबीच स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल हुन लागेको बताइएको छ । प्रचण्डलाई कोभिड भएर आइसोलेसनमा बस्नु परेका कारण दुई नेताबीच केही दिन भेट हुन पाएको थिएन । एमसीसी संसदवाट पास गर्नुपर्ने लगायत निर्वाचनको काम समेत बाँकी नै छन् । कुनै विषयमा पनि ठोस निर्णय हुन पाएको छैन ।

प्रचण्डको सचिवालयका अनुसार बैठकको पूर्वतयारीका लागि दुई नेता जुट्ने भएका हुन्। दुई शीर्ष नेताबीचको छलफलपछि मात्रै रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बैठक डाकिने भएको छ। प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख, जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। प्रचण्डको यो प्रस्तावमा समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पनि सहमति छ । यता नेकपा एमालेले भने स्थानिय तहको निर्वाचन छिटो गर्न दववा दिएको छ ।

प्रचण्डको प्रस्तावमा नेकपा एकीकृत समाजवादी मात्र होइन राष्ट्रिय जनममोर्चा नेपालले पनि साथ दिएको छ । तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन्। उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्