फेरि सुरु भयो पल-समीक्षाको लफडा , समीक्षाले कसलाई दिईन् यस्तो धम्कि?



पछिल्लो समय गायनमा आएकी समीक्षा अधिकारी र अभिनेता पल शाह एक समय निक्कै नजिक थिए। कोरोना कालमा समाज सेवामा सक्रिय रुपमा देखिएका पलसँग हरेक जसो ठाउँमा समीक्षा सँगै पुगिन्। पललाई उनले रियल हिरोका रुपमा चित्रण गरेर लेखेका पोस्ट अहिले पनि भेटिन सक्छन्।

तर उनीहरुको संगत छोटो समयमै बाहिर छताछुल्ल भएर पोखियो। समिक्षा र पलको सम्बन्धले लामै लफडा सिर्जना गर्यो। उनीहरुबीच भएको के हो अहिलेसम्म सत्य कुरा बाहिर आएको छैन। तर पलले समीक्षालाई मनाउन ५ करोडको अफर गरेको खबर समेत सार्वजनिक भएको थियो।

यसैबीच गएको कात्तिक ७ गते (अक्टोबर २४) समीक्षाले पल र आफ्नो सम्बन्ध बाहिरको हल्ला जस्तो नभएको भन्दै लामो स्टाटस पोस्ट गरिन्। समीक्षाले आफ्नो पल दुवैको करिअरमा बाहिरी हल्लाले असर गरेको बताइन्। त्यसपछि केहि समय मौन रहेकी अधिकारी केही दिन यता पुनः धम्कीको भाषा प्रयोग गरेर स्टाटस लेखिरहेकी छिन्।

उनले बिहीबार गत अक्टोबर २४ मा पलको सफाई दिँदै लेखेको स्टाटस कसैको दवाबमा लेखेको बताएकी छिन्। उनले सोही स्टाटसको स्क्रिन सर्ट राख्दै लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्