कान नसुन्ने टेरेसा बिश्वकर्माको बुवालाई लेखेर प्रश्न सोध्दा । बुवाको कुराले आमाछोरीको रुवाबासी (भिडियो हेर्नुस)



बाल गायिका टेरेसिा बिश्वकर्माको परिवारको पिडाले सबैको आँशु खस्यो । निकै नै सुमधुर आवाजकी धनी टेरेसाको परिवारमा गरिवीले ठुलो पिडा दिएको छ । आमा पनि राम्रो गाउँछिन् तर अवसर नपाउँदा उक्त आवाज त्यतिकै सेलाएको छ । बुवालाई सानै उमेरदेखि मुटुको समस्याले पिरोल्यो र उनले ऋणधन गरेर मुटुको अप्रेशन गरे । त्यसपछिको समयमा बुवा रामबहादुर बिश्वकर्माको खुट्टामा रगत जम्न थाल्यो र त्यसको असर कानमा परी उनले कानै सुन्न छाडे । छोरी बुवाको सपना पुरा गर्न भ्वाईस अफ किड्समा गईन तर त्यहि समयमा बुवाले कान सुन्न छोडेपछि अवस्था के भयो होला ?

बुवा रामबहादुरले आफ्नो मनको पिडा शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालबाट सबैलाई सुनाएका छन् । शिशिरले कापीमा लेखेर राम बहादुरलाई प्रश्न गरेका थिए । रामबहादुरले आफुलाई २५ लाख माथि ऋण रहेको बताउँदै कान सुन्न नसक्दा आफु पल पलमा रुने गरेको र रुदा रुदै अहिले आफ्नो आँशु नै सकिएको बताए । यता श्रीमानको कुरा सुनेर टेरेसाको आमा शिबा पनि धरधरी रोईन् । छोरीले अहिले राम्रो गाउँछ रे भन्ने कुरा लेखेर देखाउँछन् तर कस्तो गाउँछिन् सुन्न पाएको छैन, म कति अभागी बाबु भन्दै रामबहादुर भक्कानिए । भिडियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्