कतिलाई त ओमिक्रोन लागेको पत्ताे नै हुन्न: डा.श्याम कार्की [भिडियाेसहित]



पछिल्लो समय काेराेना (कोभिड–१९) भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेरियन्टले संसारका लगभग सबै देश आक्रान्त पारेकाे छ।दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा ‘ओमिक्रोन’ पुष्टि भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो नयाँ भेरियन्ट तीव्र रूपमा फैलन सक्ने सङ्केत समेत गरेको थियाे।

दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको छोटो अवधिमा नै धेरै देशहरूमा देखापरिसकेकाे छ। यसबाट बच्ने उपाय र यो भाइरसको बारेमा अझ बढी जानकारी उपलब्ध गराउन र कोभिड १९ खोपको लागि सहज जानकारी उपलब्ध गराउन Montgomery County MD (मन्टगमरी काउन्टी मेरील्याण्ड) को सहयोग र Asian American Health Initiative (एसियन अमेरीकन हेल्थ इनिसियटिभ) सँगको सहकार्यमा बिएल मिडियाले विशेषज्ञहरुसँग कुराकानी थालेको छ।

यसै अन्तर्गत पहिलो कुराकानी हामीले नेपालीमुलका अमेरिकी औषधि विज्ञान विशेषज्ञ डा. श्याम कार्कीसँग कुराकानी गरेका छौँ। पहिला भाइरस (कोभिड-१९) काे संक्रमण आयो। अनि भाइरसहरुमा बेलाबेलामा जेनेटिक चेन्ज हुन्छ। त्यसको स्वरुप ‘कोड’ चेन्ज हुन्छ त्यसलाई हामी भेरियन्ट भन्छौँ।

अनि भेरियन्टको आ-आफ्नै क्यारेक्टर हुन्छ। कुनै भेरियन्टमा चाहिँ औषधिको प्रभाव रहन्छ भने कुनैमा रहँदैन। योभन्दा अगाडि आएको डेल्टा भेरियन्ट हाे। त्यो भेरियन्ट चाहिँ पहिलाको रोगभन्दा पनि कडा रुपमा आएको थियो।

त्यसले धेरै जनाको ज्यान पनि लियो। भ्याक्सिन लगाएका मान्छेलाई समेत पहिलाको तुलनामा त्यति काम गरेन, फलस्वरूप भ्याक्सिन लगाएका मान्छेले पनि ज्यान गुमाए। त्यसैले गर्दा पहिले भ्याक्सिन लगाएका मान्छेलाई पनि रोग लाग्यो। त्यस अवस्थाले भ्याक्सिन प्रतिको मान्छेको विश्वास मारेर निरास बनाइदियो। यो चाहिँ एउटा आँधी जस्तै हो, एक समय आयो २-४ महिनामा फेरि स्वाट्टै गयो।

दक्षिण अफ्रीकाबाट सुरु भएको नयाँ भेरियन्ट हो, ‘ओमिक्रोन’। यो चाहिँ ज्यादै छिटो सर्छ। यो पुरानो रोगभन्दा १० गुणा छिटो सर्ने गर्छ। तर यो डेल्टाभन्दा अलि कमजोर छ। कतिलाई त यो गयो, आयो थाहा पनि हुँदैन।

विशेषगरी यो भेरियन्टले दम, बल्ड प्रेसर, मधुमेह भएका व्यक्तिलाई गाह्राे पार्छ, नत्र अरुलाई त्यति गाह्राे हुँदैन। त्यसाे हुनाले भ्याक्सिन लिएको मान्छेलाई पनि कहिलेकाहीँ लागी हाल्न्छ।

भ्याक्सिन लगाएका मानिस अस्पताल जान कम भएको छ। त्यसकारण यो भाइरसले धेरै संक्रमित बढाए पनि बिरामीलाई भेन्टिलेटर, आइसियुमा राख्न नपर्ने हुन्छ। जसले गर्दा अस्पतालमा पहिले जस्तो भयावह स्थिति आउने छैन। यसको संक्रमण दर उच्च रहेपनि ओमिक्रोनबाट मर्नेको सङ्ख्या भने न्यून रहेको छ।

८० देखि ९० प्रतिशत मर्ने मान्छेहरु भ्याक्सिन नलगाएका तथा बालबालिका रहेका छन्। किनभने बच्चालाई पनि भ्याक्सिन दिएइको छैन। यो भ्याक्सिनहरु जसलाई टेक्निक भन्छ। फाइजरको भ्याक्सिन छ, जुन मर्नान्जेन्ट।

यिनीहरुको स्वभाव फरक छ। फाइजर भ्याक्सिन चाहिँ अत्यन्त चिसो ठाउँमा राख्नुपर्ने भएकोले हाम्रो जस्तो देशमा लैजान एकदमै गाह्राे थियो। त्योभन्दा राम्रो ‘एमआर एनए’ सजिलो भयो। यी सबै भ्याक्सिनको प्रभाव लगभग ८५/९० को रेसियोमा थियो। यिनीहरुको फरक जम्मा त्यही ५-१० मात्रै रह्यो। सबै भ्याक्सिन लगभग उस्तै भएकाले कुन डाेज लिने भन्नेमा मात्रै रोजाइ रह्यो।

दोस्राे कुरा पहिलो डाेजमा एउटा भ्याक्सिन लिए पनि दोस्रो डाेजमा अर्को भ्याक्सिन लिन सकिने अवस्था रह्यो। किनभने यिनीहरुको प्रभाव एउटै रहने थियो। तर अहिले उक्त भ्याक्सिनको प्रभाव सामान्यत ६ महिना रहने अवस्था छ।

पहिले भ्याक्सिन लिएका व्यक्तिले पनि बुस्टर डोज लिनुपर्ने हुन्छ। किनभने पहिले लिएको भ्याक्सिनको प्रभाव कम भैसकेको हुन्छ। बुस्टर डोजले हामीभित्र कम हुँदै गएको एन्टी कोरोना क्षमतालाई बढाउँछ। यस अवस्थामा फेरि चौथा डाेज पनि लगाउनु पर्ने हुनसक्छ।

अमेरिकामा सबै भ्याक्सिनहरु स्वास्थ्य ‘एफ डिए’ बाट प्रमाणित हुने गर्छ। त्यसैले पहिलो, दोस्रोसंगै यो तेस्रो खोप चाहिँ ९५५ प्रभाव पार्ने हुनुपर्ने हुन्छ। त्यसको प्रभाव अनुसार कति मान्छेलाई बाँड्ने भन्ने कुरा पनि निर्धारण गरिन्छ। जुनसुकै अवस्थामा पनि वयस्क मान्छेलाई पहिलो प्राथमिकतामा राखिन्छ।

१६/१७ बर्षभन्दा माथिकालाई दिइन्छ। तर त्यस खोपलाई प्रमाणित गर्दा ७/८ महिना लाग्ने हुँदा यस अवस्थामा खोपलाई इमर्जेन्सी रुपमा लिइन्छ।अहिले आएका खोपहरु आपतकालीन रुपमा पास भएका हुन्। यसबीचमा खोप बाँड्ने उमेर समूहको फेरि बाँडफाँड हुने देखिन्छ। ११-१७ बर्ष सम्मकालाई ट्रायल स्वरुप खोप दिइनेछ। अब ५-११ बर्षसम्मका बच्चालाई पनि खोप कति मात्राको दिने भन्ने निर्णय र परीक्षण हुँदैछ।

त्यसका लागि थुप्रै खोप उत्पादन गर्ने कम्पनीहरु काममा लागेका छन्। ओमिक्रोन फैलिनुमा पोजेटिभ पाटो पनि छ। यसरी रोग फैलिए पनि मान्छेहरुमा उक्त रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। अनि बिस्तारै कोरोना आफैँ कम हुँदै जानेछ। भ्याक्सिन लगाउन पाउने उमेर समूहले लगाइहाल्ने र उमेर नपुगेका बच्चालाई एकदमै सावधानी पूर्वक स्वस्थ राख्नुपर्नेछ।

नेपाली समाजमा भने भ्याक्सिन सबैले लिन जरुरी छ। खोप लिएका व्यक्ति र नलिएका व्यक्तिमा १० गुणाको फरक पर्छ। खोप लिएका ९०५ मान्छेहरु अस्पताल जानुपर्ने अवस्था आउने छैन। त्यसैले भ्याक्सिनका पहिलो डोज, दोस्रो डोज लिइसकेकोले पनि बुस्टर डोज लिन जरुरी छ।

हरेक औषधिले रोगको मात्रा कम गरिदिन्छ। रोगविरुद्ध लड्ने क्षमता बढाउँछ। यसले शारीरिक मात्रै नभई मानसिक रुपमा तगडा बनाउनेछ। बुस्टर डोजको पनि दोस्रो बुस्टर डोज आउने सम्भावना छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्