अब एन्टीबायोटिक औषधीले काम गर्न छोड्यो, संसारभरी लाखौँको मृत्यु, के अब औषधीले काम गर्नै छाडेको हो ?



एन्टीबायोटिक औषधीको असरबारे विश्वव्यापी भएको हालसम्मको सबैभन्दा ठूलो अध्ययन अनुसार सन् २०१९ मा संसारभरी १२ लाखभन्दा बढीको मृत्यु औषधीले नछोएको ब्याक्टेरियाको संक्रमणका कारण भएको छ । यो आँकडा मलेरिया वा एड्सबाट हरेक वर्ष मृत्यु हुने मानिसको संख्याभन्दा बढी हो ।

मेडिकल जर्नल द ल्यासेन्ट जर्नलमा प्रकाशित यो अध्ययनको रिपोर्टमा भनिए अनुसार यसको खतरा सबैलाई भएपनि गरिब देश यसले सबैभन्दा बढी देशलाई प्रभावित पारिरहेको छ । मेडिकल शब्दावलीमा औषधीको बेअसर हुनुको यो स्थितिलाई एन्टी–माइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ । यो त्यतिबेला हुन्छ जब ब्याक्टेरिया, भाइरस र परजीवी समयसँगै परिवर्तन हुन्छन् र तीमाथि औषधीको असर हुँदैन । यसले कुनै संक्रमणको उपचार कठिन हुने गर्छ र गम्भीर रोग फैलने र मृत्युसमेतको खतरा बढ्ने गर्छ ।

रिपोर्टमा बताइए अनुसार यसबाट बच्न आवश्यक छ, त्यसैले नयाँ औषधीका लागि तत्काल लगानी गर्न अत्यावश्क छ । हालका औषधी अत्यधिक समझदारीले उपयोग गर्नुपर्ने पनि रिपोर्टमा बताइएको छ ।पछिल्ला केही वर्षमा मामूली संक्रमणका लागि एन्टिबायोटिक औषधीको अत्यधिक प्रयोगका कारण गम्भीर संक्रमणविरुद्ध एन्टीबायोटिक्स कम प्रभावकारी भइरहेका छन् ।

सामान्य रोग र संक्रमणले मानिसहरुको मृत्यु भइरहेको छ जुन पहिले औषधीले नै निको हुने गर्दथ्यो । जुन ब्याक्टेरियाले यी संक्रमण हुने गर्दथे अब ती प्रतिरोधी बनेका छन् अर्थात् तीमाथि उपचारको असर भइरहेको छैन । एन्टीबायोटिक औषधी निष्प्रभावी हुँदै गएको कुरामा पहिले पनि चिन्ता व्यक्त गरिएको थियो । हालै ब्रिटेनको स्वास्थ्य अधिकारीले एएमआरलाई एउटा ‘लुकेको महामारी’ बताएका थिए जसलाई यदि जिम्मेवारीपूर्वक प्रयोग नगरिएको खण्डमा यो कोरोना महामारीका कारण पुनः विकास हुनसक्छ ।

रिपोर्टका अनुसार कोभिड–१९ का कारण ठूलो संख्यामा मानिस अस्पतालमा भर्ना हुन थाले र एन्टीबायोटिक औषधीको उपयोग बढ्यो जसका कारण एएमआरको खतरा बढेको छ ।

घातकः ल्यासेन्टमा छापिएको एन्टीबायोटिक औषधीले काम गर्न छोडेपछि हुने मृत्युको अनुमान लगाउने यो रिपोर्ट २०४ वटा देशमा गरिएको विश्लेषणपछि तयार गरिएको हो । अन्तर्राष्ट्रिय शोधकर्ताको एउटा टिमको तर्फबाट गरिएको यो विश्लेषणको नेतृत्व अमेरिकाको वासिङ्टन विश्वविद्यालयले गर्यो ।

यो टीमले सन् २०१९ मा संसारभरी यस्ता रोगबाट ५० लाख व्यक्तिको मृत्यु भयो जसमा एएमआरको भूमिका रहेको अनुमान निकालेको थियो । यो ती १२ लाख मृत्यु बाहेक थियो जसमा एएमआरको प्रत्यक्ष भूमिका रह्यो । अर्थात्, ६० लाखभन्दा बढी मानिसको मृत्यु एएमआरको भूमिका हुनसक्छ ।

यसको तुलना यदि अन्य रोगसँग गर्ने हो भने, त्यसै वर्ष ८,६०,००० र मलेरियाले ६,४०,००० मानिसको मृत्यु भयो । एएमआरबाट हुने धेरैजसो मृत्यु निमोनिया जस्तै लोअर रेस्पिरेटरी इन्फेक्सन अर्थात् फोक्सोसँग जोडिएको संक्रमण वा ब्लडस्ट्रीम इन्फेक्सनबाट निम्तिने संक्रमण जसलाई सेप्सिस भनिन्छ ।

एमआरएसए (मेथिसिलिन प्रतिरोधी स्टेफिलोकोकस ओरियस) विशेष रुपले घातक थियो । यस्तै, ई. कोलाई र थुप्रै अन्य ब्याक्टेरियाबाट हुने रोगका लागि पनि औषधी बेअसर हुने कारण मानियो । शोधका लागि अस्पतालाबाट बिरामीको रेकर्ड, अध्ययन र अन्य डाटा स्रोतको आधारमा बताइए अनुसार साना बच्चालाई सबैभन्दा बढी खतरा थियो । एएमआरसँग जोडिएको मृत्युमा हरेक पाँचौँ मामिला कुनै पाँच वर्षभन्दा कम उमेरका बच्चाको थियो ।

दक्षिण एशियामाथि प्रभावः

यो रिपोर्ट अनुसार दक्षिण एशियाली देशमा सन् २०१९ मा एएमआरले ३,८९,००० भन्दा बढीको मृत्यु भयो । यो रिपोर्टको निष्कर्षमाथि प्रतिक्रिया दिँदै भारतीय चिकित्सा अनुसन्धान परिषद् वा आइसीएमआरमा वरिष्ठ वैज्ञानिक डा. कामिनी वालियाका अनुसार एएमआर एक विश्वव्यापी संकटकालजस्तो हो ।

उनले भने, ‘ब्याक्टेरिया प्रतिरोधी बन्नु एक यस्तो विश्वव्यापी स्वास्थ्य आपतकाल् बनिसकेको छ जसलाई संसारका कुनै पनि सरकारले नजरअन्दाज गर्न सक्दैन । हामीले एन्टीबायोटिकको उपयोगमाथि निगरानी गर्नुपर्ने हुन्छ ताकि ती भविष्यका लागि प्रभावकारी होउन् भन्ने कुरा सुनिश्चित गर्न सकियोस् ।’ वासिङ्टन विश्वविद्यालयमा इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभोल्यूएनका प्राध्यापक क्रिस मरेले नयाँ डाटाले संसारभरीको वास्तविकतालाई ठूलो परिमाणमा उजागर गरेको बताएका छन् ।

बीबीसी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्