मोदीले राखे विश्वमा फेरी अर्को नयाँ रेकर्ड


banner

नयाँ दिल्ली :

प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ ।

१३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् । ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत छ ।

भारतका कुनाकुनासम्म, उसका छिमेकीहरु तथा विश्वका शक्ति राष्ट्रहरुको राजनीतिक वृत्तमा समेत मोदीको नाम नसुन्ने सायदै होलान् । तर ती मोदीलाई सबैले चिन्नुपर्छ भन्ने कहाँ छ र ? यो दुनियामा यस्ता धेरै मानिसहरु पनि होलान् जसले मोदीको नामै नसुनेका होउन् ।

भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।

एउटा सभासदको रूपमा उनले भारतको उत्तर प्रदेशको सांस्कृतिक नगरी वाराणसी तथा आफ्नो गृहराज्य गुजरातको वडोदरा संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।

यसभन्दा पहिले उनी भारतीय राज्य गुजरातको १४औ मुख्यमन्त्रीको रूपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् । सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फोलोअर भएको भारतीय नेता हुन् । टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति २०१४ को लागि ५० उम्मेदवारहरूको सूचीमा राखेको थियो ।

अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन् । उनी गुजराती भाषा वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्