गुल्मीमा १२ वर्षीय बालक एक महिनादेखि बेपत्ता, खोजि दिन आग्रह



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका १२ वर्षीय बालक गत एक महिनादेखि बेपत्ता भएका छन् । सो नगरपालिका–९ उपल्लो तम्घास खलाचौरका १२ वर्षीय सुजन बिक गत पुस ७ गते देखि घरबाट बेपत्ता भएका हुन् । उनकी आमा कमला बिक त्यस दिन विहान ९ बजे खान खुवाई स्कुल जानु भनेर काममा हिडिन् ।

उनका दाजु खलाचौरस्थित उपल्लो तम्घास माविमा पढ्ने हिडे तर त्यस दिन उनका भाई सुजन त्यस स्कुलमा आएनन् । त्यस दिन देखि बेपत्ता छोरा हालसम्म फेला नपरे पछि उनकी आमा आशुको आहलमा छन् । उनले जिल्ला प्रहरी कार्यालयमा पनि खोजतलासका लागि निवेदन दिईन । फेला नपरे पछि अन्तिम विकल्प स्वरुप उनले सञ्चार माध्यम गुहारकी हुन् ।

उनलाई फेला पार्नु हुने महानुभावले उनकी आमाको मोवाईल नम्वर ९८४७०१९१५५ मा सुचित गर्नु वा नजिकको प्रहरी चौकीमा जानकारी गराई दिन अनुरोध गरिएको छ । उनका बाबु कपिल बिक भारतको रोजगारीमा छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्