चर्चित अभिनेत्री पामेलाले पाँचौं विवाह गरेको एक वर्षमै फेरी गरिन् डिभोर्स, के हो कारण ?




एजेन्सी । अन्तराष्ट्रिय मिडिया रोलिङ स्टोनका अनुसार पामेला एन्डरसन र उनका पति डेन हेहर्स्ट विवाहको एक वर्षपछि अलग हुँदैछन् । पूर्व बेवाच अभिनेत्रीले आफ्नो गृह देश क्यानडामा डिभोर्सको लागि फाइल दायर गरेकी छिन्, जहाँ उनी र उनको हाल डिभोर्स भएको श्रीमान् २०२० क्रिसमसको पूर्वसन्ध्यामा एन्डरसनको भ्यानकुभर टापुको सम्पत्तिमा एक समारोहमा विवाह गरेदेखि बस्दै आएका थिए

हलिउडकी चर्चित महिला अभिनेत्री पामेला एन्डरसनले आधा दर्जन विवाह गरेर नयाँ कीर्तिमान बनाएकी छिन् । उनको कीर्तिमानलाई लिएर धेरैले आलोचना गरिरहेका छन् । उनका आधा दर्जन श्रीमान् पनि युज एण्ड थ्रोको कुरामा जुटेका छन् । पामेलाले आफ्ना पूर्व पति जोन पिटर्ससँग १२ दिनमै डिभोर्स गरेकी थिइन् । यिनी उनको पाँचौं पति थिए । अब फेरी पामेला आफ्नो नयाँ यात्राको खोजीमा निस्किन् ।

अन्तिम पटक पामेलाले आफ्नो अंगरक्षक ड्यान हर्स्टसँग विवाह गरेकी थिइन् । उनले कोभिड भाइरसका कारण जारी लकडाउनका बेला आफू यही अंगरक्षकसँग प्रेममा परेको बताएकी थिइन् । विवाह क्यानडाको भ्यानकुभर आइल्याण्डमा रहेको पामेलाको घरमा एक निजी समारोहमा भएको थियो ।

जब पामेला एन्डरसनले एक अन्तर्वार्तामा आफ्नो नयाँ प्रेमकथाको बारेमा बताइन्, तब मानिसहरु छक्क परे । उनले भनीन मलाई साँच्चै माया गर्ने मान्छेको काखमा छु। मैले २५ वर्ष पहिले मेरो हजुरबा हजुरआमाबाट डानसँग विवाह गरेको ठाउँ किनेको थिएँ। यही ठाउँमा मेरा आमाबुवाले विवाह गरे र उनीहरू अझै सँगै छन्। मलाई लाग्छ कि यो एक रोमान्टिक ठाउँ हो। यहाँ धेरै निको पार्ने ऊर्जा छ। म यहाँ शान्ति पाउँछु।

५३ वर्षीया पामेला एन्डरसनले भर्खरै इन्स्टाग्राममा आफ्नो एउटा तस्विर सेयर गरेकी छिन् र पोस्टमा सामाजिक सञ्जालबाट अलग भएको कुरा लेखिन् । उनले लेखेकी छन्, ‘इन्स्टाग्राम, ट्विटर वा फेसबुकमा यो मेरो अन्तिम पोस्ट हुनेछ । मलाई सामाजिक सञ्जालमा कहिल्यै रुचि थिएन र अहिले मैले आफ्नो जीवनलाई व्यवस्थित गरेको छु र म प्रकृतिसँग नजिक हुन प्रेरित भएको छु।

अब म स्वतन्त्र छु। तपाईको सबै मायाको लागि धन्यवाद। आशा छ कि तपाईंले पनि आफ्नो लक्ष्यहरू प्राप्त गर्न आवश्यक बल र प्रेरणा पाउनुहुनेछ। आफ्नो समय ब र्बा द नगर्नुहोस् र आफ्नो दिमागलाई नियन्त्रणमा राख्नुहोस्।ु पामेला एन्डरसनले यसअघि टमी ली, किड रक, रिक सालोमन र जोन पिटर्ससँग विवाह गरिसकेकी छन्। उनले रिक सलोमनसँग दुई पटक विवाह गरिन्, त्यसैले अब यो उनको छैटौं विवाह हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्