प्रशासनले दियो यस्तो आदेश : उपत्यकामा यस्ता सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने



उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार मध्यरातदेखि यातायातका साधनमा जोरबिजोर लागू हुने निर्णय गरेका छन् । सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नेगरी प्रशासनले निर्णय गरेको हो ।

तर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनसहित, एम्बुलेन्स दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने प्रशासनले शुक्रबार जारी गरेको थप आदेशमा उल्लेख छ। यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।

यसैगरी निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन भने चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर लाग्ने छैन । यस्तै पत्रकारको हकमा सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्