बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई…..




बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अ’प’ह’रण गरी ब’ला’त्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अ’प’हर’णमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कु’टे’र ल’खे’टे’पछि उनको अपहरण गरेका थिए ।

मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर ब’ला’त्कार गरेको र त्यसपछि पुनस् घरमा ल्याएर ब’ला’त्का’र गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अ’प’ह’रण गरिएको थियो ।

युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा ब’ला’त्का’र ग’रेपछि पुनः घरमै लगेर ब’ला’त्का’र ग’र्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ ।

पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अ’प’हरण र ब’ला’त्का’रमा सं’ल’ग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्