विदेशमा उपचार गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किने



काठमाडौं ८ माघ । लामो सयम देखि विदेशमा उपचार गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आगामी माघ १० गते सोमबार स्वदेश फर्कने भएका छन्। उनका स्वकीय सचिव सन्तोष पुनले दिएको जानकारी अनुसार नेता पुन सोमबार बेलुका ८ बजे स्वदेश फर्किने भएका हुन् ।

विरलै देखा पर्ने जण्डिस रोगबाट ग्रसित नेता पुन चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा हउपचार गर्दै आएका थिए । अहिलेको स्वास्थ्य अवस्थामा सामान्य भएको पनि बताइएको छ । गत असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए।

यो पनि,  बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ । प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ ।

सदरमुकाममा विद्युत् आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हुदै आएकाले उक्त विद्युत्मा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द गर्ने सहमति भएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले राससलाई बताउनुभयो ।

प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर पुनः आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको मण्डलले जानकारी दिनुभयो । साना जलविद्युत् केन्द्र निर्माण भएर सेवा सञ्चालन गर्दा ७४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत् केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो ।

विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको सहकारीसँग हाल दुई हजार १०० बढी विद्युत् सेवा लिने ग्राहक रहेका छन् । दैनिक ८०० किलोवाट क्षमताभन्दा बढीको विद्युत् खपत हुने भए पनि सहकारीले २०० किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ । त्यसका कारण दैनिक पाँचदेखि १० घण्टा विद्युत् अवरुद्ध हुने समस्याबाट सेवाग्राही हैरानी बनेका छन् ।

मागअनुसारको विद्युत् पूर्ति गर्न त्रिवेणीले नसक्ने भएपछि फिर्ता गर्न सहकारी पनि तयार देखिएको छ । प्राधिकरणले तीन महिनाभित्र विद्युत् सम्झौता रद्द गरी आफ्नै स्वामित्वमा सञ्चालन गर्ने प्रक्रिया नै सुरु गरिसकेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्