विर्तामोडमा विहानै यस्तो चिज देखेपछि स्थानिय डराए




काठमाडौ । झापाको विर्तामोडमा एका विहानै खतरा जनाउने बस्तु फेला परेको भन्दै स्थानिय डराएका छन् । झापाको बिर्तामोडमा कुकर ब म जस्तो शंकास्पद वस्तु फेला परे पछि स्थानिय डराएका हुन् । उनीहरुले प्रहरीलाई खबर गरे ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार स्थानियको खबर पछि प्रहरी पुगेको बताए । प्रहरीले पश्चिम बस स्ट्याण्ड छेउ कुकरमा तार जोडेको ब म जस्तो शंकास्पद वस्तु फेला परेको हो।

अहिले सोही वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ। आइतबार बिहान उक्त शंकास्पद बस्तु भेटिएपछि बिर्तामोडबासी त्र सि त बनेको पनि प्रहरीले जनाएको छ ।

यो पनि, पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिईएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गर्दैै आज (आईतबार) सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालत शोक बिदा दिएको हो ।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो। सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानून मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए। स्व शर्माको एक छोरा एक छोरी छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्