उखानमार्फत राष्ट्रपतिको निन्दा गर्ने पत्रकार पक्राउ : भनेकी थिइन्, ‘दरबारमा प्रवेश गर्दैमा साँढे राजा बन्दैन, बरु दरबार गोठ बन्छ’


banner

काठमाडौ । राष्ट्रपतिका बारेमा आपत्तिजनक टिप्पणी गर्ने एक जना महिला पत्रकार टर्कीमा पक्राउ परेकी छन् । टर्कीकी एक स्थापित पत्रकारले राष्ट्रपतिको निन्दा गरेकी थिइन् । उनलाई राष्ट्रपतिको निन्दा गरेको अभियोगमा पक्राउ गरी जेलमा राखिएको छ। स्थानीय अदालतले सुनुवाइसम्म पत्रकार सेदेफ काबासलाई हिरासतमा राख्न आदेश दिए पछि उनलाई जेलमा पठाइएको हो। पत्रकार काबासलाई शनिबार पक्राउ गरिएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

स्थानबुलबाट पक्राउ गरिएकी पत्रकार काबासलाई सुनुवाइ नहुँदासम्मका लागि हिरासतमा राख्न आदेश दिएको हो। उनीमाथि राष्ट्रपति रिसेप तैयप एर्डोगानको निन्दा गर्नका लागि लाइभ टेलिभिजनमा उखानको प्रयोग गरेको आरोप छ।

विपक्षीको समर्थनमा रहेको भनिएको टेलिभिजनमा कार्यरत पत्रकार काबासले राष्ट्रपतिलाई निन्दा गर्नका लागि उखान प्रयोग गरेकी थिइन् । उनलाई सोही आरोपमा पक्राउ गरेको भएपनि पत्रकारले आफुलाई लगाएको आरोप अस्वीकार गरेकी छन्। उनीमाथि लगाएको आरोप प्रमाणित भएमा एकदेखि चारवर्षसम्म जेल सजाय हुनसक्छ।

उनले टेले १ टेलिभिजनमा ‘दरबारमा प्रवेश गर्दैमा साँढे राजा बन्दैन, बरु दरबार गोठ बन्छ’ भन्ने आसयको उखान प्रयोग गरेकी थिइन्। उनले सो उखान पछि ट्वीटरमा पनि पोस्ट गरेकी थिइन्। उनले सो उखान राष्ट्रपति एर्डोगानलाई लक्षित गरेर प्रयोग गरेको आरोप छ।

यो पनि, जर्मनीको जलसेनाका प्रमुखले युक्रेनका बारेमा गरेको टिप्पणीका कारण राजीनामा दिएका छन्। जर्मन जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले युक्रेनमा रुसले सै न्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान चाहेको कायको भनाइ थियो । सो टिप्पणीको तीव्र आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । अमेरिका र बेलायतसहितका देशले युक्रेनलाई ह ति या र सहयोग गरेका छन् । तर जर्मनीले भने युक्रेनको आग्रहलाई अस्वीकार गरेको छ ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। अमेरिकासहितका देशले यसलाई युक्रेनमाथि रुसी आ क्र म णको तयारी भनेका छन् । तर रुसले भने युक्रेनमाथि आ क्र म णको योजना नरहेको दाबी गर्दै आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रसँग युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न माग गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्