लाइसेन्स लिएको ७ वर्षपछि नक्कली नर्स रहेको खुलासा



नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको पुष्टि भएको जानकारी दिएको छ ।

काउन्सिलको लाइसेन्स पुन दर्ताका लागि पेश गरेकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा उनी परिषद्मा दर्ता नभएको फेला पारिएको जनाएको छ ।

चौधरीले अर्कैको लाइसेन्स नम्बर आफ्नो बनाई दुरुपयोग गरेको खुलेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ। चौधरीले आफ्नो लाइसेन्स नम्बर २६४६८ रहेको विवरण काउन्सिलमा पेश गरेकी थिइन्।

यो पनि, स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड सङ्क्रमित भएका छन् ।

सङ्क्रमित सबै होमआइसोलेशनमा बस्नुभएको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारीदिनुभयो ।

जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन् ।

राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तराता दिइरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्