एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई संक्रमण पुष्टी




काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रमण पुष्टि भएको छ। अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएकाे छ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ। ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण भएको छ ।

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि संक्रमण देखिएको छ।

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस बक्तब्य आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन । अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो ।

‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्