शान्ति श्री परियार र सिद्धार्थ घिमिरेको आवाजमा आयो दुनिया रुवाऊने मार्मिक दोहोरी गित (भिडियोसहित)



पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायिका शान्ति श्री परियार र गायक सिद्धार्थ घिमिरेको आवाजमा रहेको नयाँ मार्मिक स्पर्श लोकगित ‘फुल सुकेको’ भखरै सार्वजनिक भएको छ ।

कृष क्षेत्रीको उत्कृष्ट शब्द सृर्जनामा रहेको गितमा खेमराज गौतमको लय रहेको छ । गितमा माया प्रेमको विषयवस्तुलाई दर्शाईएको छ ।

मदन खड्काको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा सिद्धार्थ घिमिरे,सिर्जना क्षेत्री,अनुप बिष्ट को अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दिपक गिरीले छांयाकन एवम् विकास ज्ञवालीको सम्पादन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Siddhartha Ghimire को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्